मेयरलाई भूमिअधिकार मञ्चको मागपत्र
कास्की | जेठ २६, २०७९
पोखरा: भूमिअधिकारबाट वञ्चितहरुको हक अधिकार सुनिश्चित गर्नका लागि वकालत गर्दै आएको भूमिअधिकार मञ्च काक्कीका प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई भेटी ३ बुदें माग पत्र पेश गरेका छन् ।
मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङको नेतृत्वमा प्रदेश सदस्यहरु रामबहादुर लामिछाने र टेकबहादुर पुन, कास्की जिल्ला सदस्य हरिकुमारी गुरुङ र पोखरा महानगर अध्यक्ष लेखमाया थापाको टोलीले आज मागपत्र पेश गरेका हुन् ।
मेयर आचार्यले मागपत्र ग्रहण गर्दै भूमिहिनको पक्षमा काम गर्ने बताए । उनले आगामी २÷३ वर्ष भित्रमा समस्या समाधानको लागि पहल गर्ने उल्लेख गरे ।
सो पत्रमा पोखरा महानगरपालिका र ३३ वटै वडाहरुमा राष्ट्रिय भूमि आयोजको सहजीकरण समितिमा मञ्चको तर्फबाट १ महिला र १ पुरुषलाई मनोनित गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी पत्रमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बासिन्दालाई भोगाधिकारको आधारमा सोही स्थानमा जग्गाको नाप नक्सा गरी निस्सा उपलब्ध गराई पूर्जा सहितको व्यवस्था गर्न माग गरिएको छ ।
विगत २०६८ सालमा नेपाल सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगले भूमिहिन सुकुम्बासीहरुलाई छानविन गरी उक्त बस्तीहरुमा जग्गा नाप नक्सा समेत तयार गरी सुकुम्बासी परिचयपत्र वितरण गरेको हुनाले उक्त प्रमाणलाई आधारमानी निजहरुलाई सोही स्थानमा श्रेस्ता कायम गरी पूर्जा वितरण गरियोस् भन्ने पत्रमा उल्लेख गरिएको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

